जुवा खेल्न नदिएपछि प्रहरीको टाउकोमा ढुंगा, इन्सपेक्टर विष्टसहित दुर्इ प्रहरी घाइते
२४ कात्तिक, काठमाडाैँ । दैलेखमा जुवा खेल्न नदिएको झोँकमा प्रहरी माथि नै अाक्रमण भएको छ । कौडा खेल्न लागेको समूहलाई रोक्न खोज्दा दुल्लूमा गएराति प्रहरी टोलीमाथि आक्रमण भएको हो ।
त्यसक्रममा कौडा खेल्ने समूहले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट, प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेलको टोली अहिले बिहान त्यहाँ पुगेको छ । घाइतेहरुको दुल्लू अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 10, 2018 at 10:57 am









