१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

अाफन्त बोकेर हिडेको मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते एकको अवस्था गम्भीर

२४ कात्तिक, काठमाडाैँ । अाफन्त बोकेर हिडेको मन्त्रीको एक गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै अाएकाे बा २ झ ३१२५ नं को स्कारपियो जीप गए राति कैलालीमा दुर्घटना भएकाे छ ।  दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परि जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से ३ प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिएका छन ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १०:२०