१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

विपद् व्यवस्थापनमा हिजोबाट सिकाैँः पूर्व परराष्ट्रमन्त्री डा विमला राई पाैड्याल

२२ कार्तिक, काठमाडाैँ । नेकपा एमालेकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री डा विमला राई पाैड्यालले विपद्को व्यवस्थापनमा हिजोबाट सिक्नुपर्ने बताएकी छिन । सामाजिक सञ्जाल मार्फत बुधबार बिहन उनले यस्तो बताएकी हुन ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेकी छिन, ‘हिजो पनि आज पनि, बिपदमा राहत जुटाउने भन्दा पहुच र बितरणको चुनौती हो हाम्रो। वडा कार्यालयहरुलाई परिचालन गरेर मात्रै खानपिन, पुनःस्थापन र राहत बितरण न्यायिक र छिटो हुन्छ। एकद्वार प्रणाली सुन्दा जति राम्रो छ, कार्यान्वयन मा त्यति शुस्त हुन्सक्छ। समन्वय ठिक छ, तर छिटो गर्न स्थानिय तह र वडा कार्यालय को बिकल्प हुदैन। हिजोको सिकाइ यहि हो। हिजो बाट सिकौ।’

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार ०७:५२