११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२१ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा मंगलबार एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको मूल्य समायोजन भएको हो ।

नेप्सेमा  एनआइसी एशिया ब्यालेन्स्ड फण्डको १० प्रतिशत नगद लाभांशपछि ८ रुपैयाँ ३० पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ९ रुपैयाँ ३० पैसाको आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, एनआइसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत नगद लाभांशपछि ८ रुपैयाँ ९५ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीको सेयर सोही मूल्यको आधारमा भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १६:१९