मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
२१ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से ११.२२ अंकले बढेर १८५८.७८ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ४३ करोड ३१ लाख २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी हिमालयन बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ९ करोड १६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख ८० हजार रुपैयाँ, सोनमपुर मिनरल्सको ५ करोड ९२ लाख ८३ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको ५ करोड ४९ लाख ५५ हजार रुपैयाँ र सोल्टी होटलको ३ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १५:२८












