९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका अंगरक्षक मृत भेटिए

२१ कात्तिक, काठमाडाैं । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अंगरक्षक मृत भेटिएका छन् । मन्त्री दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

सुवेदी मंगलबार बिहान साढे ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्मारक क्षेत्रमा मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ। सुवेदीको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 7, 2023 at 3:17 pm