१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेले बोलायो सचिवालय बैठक, यी बिषयमा छलफल हुने

२१ कात्तिक, काठमाडौँ । नेकपा (एमाले) ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:३५