१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सर्वदलीय बैठक सिंहदरबारमा बस्दै

२१ कात्तिक, काठमाडौं । आज दिउँसो सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आह्वान गरेकाे बैठक दिउँसाे २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ । बैठकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:१६