२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

छुट्ला है ! दुई फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ कात्तिक, काठमाडाैं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०७९/८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २१ गतेसम्म कायम सेयरधनीहरुले यी दुवै योजनाको लाभांश पाउन पाउन सक्नेछन् ।

एनआइसी एसिया ग्रोथ फन्डले (कर सहित) १०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले (कर सहित) १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : 11:42