१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

२० कात्तिक, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुनेगरी राहत सहयोग गर्नेलगायत निर्णय गरेको भण्डारीले बताए । साथै, एमाले संसदको प्रमुख प्रतिपक्षमा बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १२:५८