१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

टिकटक माथि सरकारको नजर, सरकारले कारबाही गर्ने क्रियाकलाप यस्ता छन

१९ कात्तिक, काठमाडाैं । सरकारले टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कडाई गर्ने भएकाे छ । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने  चेतावनी दिएको छ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत् सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाहीकाे दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन्।

प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १८:२२