आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक, कुनको मूल्य कति ?
१९ कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएकाे छ । केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो।
महाशाखाका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम, गजलक्ष्मीअंकित १० ग्राम) बिक्रीको प्रबन्ध मिलाइएको छ।
तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको महाशाखाले जनाएको छ। त्यस अवधिसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्नेछ । सुनका असर्फी र चाँदीका सिक्का टक्सार महाशाखा तथा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरुबाट खरिद गर्न सकिन्छ।
यस्ताे छ सुनको असर्फी तथा चाँदीका स्मारिका सिक्का र मेडालियनको बिक्री मूल्यः

विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ। सर्वसाधारणले साढे १७ ग्रामको असर्फी खरिद गर्न पाउने छन्। भने एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्।
यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:११












