२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गरिमा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१९ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी (समूह क) को केही सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : November 5, 2023 at 9:37 am