दिदी रोल्पामै रहेपछि उपराष्ट्रपतिले नजिकका बहिनीको हातबाट लगाए टीका
२३ कात्तिक, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनुभएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनुभएको हो ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनुभएको हो ।
प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १९:२७












