१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

गोकुल बाँस्कोटाको प्रश्नः सामाजिक सुरक्षा भत्ता वितरण पुनर्विचार गर्नुपर्ने समय भएन ?

१७ कार्तिक, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले समाजिक सुरक्षा भत्ताका बारेमा पुनर्विचार गर्नुपर्ने बताएका छन । आर्थिक संकट निम्तिएर देश टाट पल्टिने हल्ला चलिरहेकै समयमा हरेक वर्ष झण्डै तीन खर्ब खर्च हुने शीर्षकका बारेमा बाँस्कोटाले पुनर्विचार गर्नुपर्ने बताएका हुन ।

बास्कोटाले वैज्ञानिक ढंगले वर्गिकरण गरेरमात्र समाजिक सुरक्षाभत्ता बितरण गर्नुपर्नेमा जोड दिएका छन । उनले लक्षित वर्गसम्म नपुग्ने तर त्यही नाममा आवश्यक नभएका वर्ग र समूदायका सदस्यले प्राप्त गर्ने रकमहरूका बारेमा पुनर्विचार गर्नुपर्ने भन्दै निकै सान्दर्भिक बहस सिर्जना गरेका छन ।

बाँस्कोटाले भनेका छन, ‘विनाकुनै वैज्ञानिक वर्गीकरण आर्थिक रुपमा विपन्नलाई मात्र होईन सम्पन्नलाई समेत समेटेर राज्यले बार्षिक २५८ अर्व वितरण गर्छ । यो (कुल बजेटको करिव १५% रकम) ८७ प्रकारका सामाजिक सुरक्षा भत्तामा बाडिदो रहेछ।अझ तीन तहका सरकारले अनेक नाममा बाड्ने रकम बेग्लै।के यसमा सुधारको समय आएन ?’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १९:३९