६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख १५ हजार ३५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँमा काारेबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको । बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ११:३३