तपाइलाई पर्यो कि ? यसरी हेर्नुहोस् चिरख्वा हाइड्रोपावरको आईपीओ नतिजा
१६ कात्तिक, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ आज कात्तिक १६ गते बाँडफाँड भएको छ । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np/, मेरो सेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 13:57









