१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । उनले भने, ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ । उनले सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताए ।

उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने बताएरे । उनले भने, ‘त्यो दिन नेपालमा हिंसा आरम्भ भएको दिन थियो । साथीहरु हिंसाको बाटो गलत थियो भनेर शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’

मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १३:४५