चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?
१६ कात्तिक, काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आईपीओ आज कात्तिक १६ गते बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ आज दिउँसो १ बजे बाँडफाँड हुने छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ बराबरको १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १५.३६ गुणा बढी आवेदन हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ८५ हजार ९३० जनाले १० कित्ता सेयर हात पार्नेछन् ।
प्रकाशित मिति : 12:11









