६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

फेरि बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१६ कात्तिक, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:४७