एलआईसी नेपालले हकप्रद निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा दियाे निवेदन
१५ कात्तिक, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।
कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:५८












