बुधबार सोनापुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१५ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बजार आज ५.८३ अकंले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ । बुधबार २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको कारेबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको आज १४ करोड ६० लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, आशा लघुवित्तको ७ करोड २ लाख ८६ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख ४० हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाख २७ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १ करोड २९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १५:२१












