१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

काठमाडाैँको गोठाटारमा भारतीय नागरिक माथि गोली प्रहार

१५ कार्तिक, काठमाडौँ । काठमाडौँको गोठाटारमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । प्रहरीको विशेष टोलीले लागूऔषध कारोबारी भारतीय नागरिक समाप्त घुँडामुनी गोली हानेको हो । भारतीय नागरिक मोहम्मद करिमले प्रहरी माथि आक्रमण गर्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ब्राउन सुगर कारोबार गर्दै गरेको सूचनाका आधारमा कार्यालयको विशेष टोलीले खोजी गरेको थियो । प्रहरीको गोली लागेका मोहम्मद घाइते भएका छन्। उनको घुँडाभन्दा तल गोली लागेको छ। प्रहरीले घटनास्थलबाट अर्का एक नेपाली नागरिकलाइ पनि पक्राउ गरेको जनाएको छ । यद्यपी उनको नाम सार्वजनिक भएको छैन । पक्राउ परेका उनीहरूको साथबाट केही थान हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १४:१८