२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्री प्रचण्डलाई कुकर्म नगर्न डा भीम रावलको चेतावनी

१२ कार्तिक, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुकर्ममा नलाग्न चेतावनी दिएका छन । शान्ति प्रक्रियामा धेरै काममा एमाले र सरकारका तर्फबाट वार्ता र छलफलहरूमा सहभागी भएका र विषयका बारेमा जानकार रहेका रावलले सामाजिक सञ्जाल मार्फत आइतबार रावलले यस्तो चेतावनी दिएका हुन ।

नेता रावलले नेपालको शान्ति प्रक्रिया अल्झाउने संयुक्त राष्ट्र संघकै नियोग रहेको र त्यो कुरा जान्दा जान्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हातमा आएको अधिकार फेरि उसैलाई सुम्पिएर गैरजिम्मेवारी देखाउन खोजेको भन्दै रावलले कडा शब्दमा निन्दा गरेका छन । उनले शीर्ष नेताहरू रमिते किन भन्दै प्रश्न समेत गरेका छन ।

रावलले भनेका छन, ‘संयुक्त राष्ट्र संघले अल्झाउन खोजेको ‘शान्ति प्रक्रिया’ सं.रा.सं.को नियोगलाई नेपालबाट बिदा गरेपछि मात्र अघि बढेको जान्दाजान्दै प्रमं प्रचण्डले नेपालको हातमा आएको अधिकार फेरी राष्ट्र संघलाई बुझाउन खोज्नु गैरजिम्मेवार र निकम्मा चरित्रको द्योतक हो।यस्तो कुकर्म नहोस् ।शीर्ष नेताहरू रमिते किन? के नेपाल सरकार र नेपालका शीर्ष तहका नेताहरूले राज्य संचालन एवं स्वनिर्णयको क्षमता तथा देशप्रतिको कर्तव्य निर्वाहको स्थान गुमाइ सकेका हुन् ?’

प्रकाशित मिति : October 29, 2023 at 4:54 pm