आज नेशनल हाइड्रोपावरसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबारमा
१२ कात्तिक, काठमाडौं । दशैंपछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल एक्सेञ्ज (नेप्से) आज २८.१८ अंककले घटेर १८७६.६५ बिन्दुमा बन्द भएको छ । आज ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४ करोड ८ लाख ५३ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ४० लाख १३ हजार रुपैयाँ,सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख ३७ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डष्ट्रीको १ करोड ९८ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १५:१२












