भाटभटेनीमा दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक, गुणस्तरहिन खाद्यवस्तु बेच्ने गरेको खुलासा
२१ कात्तिक, काठमाडाैँ । सरकारले भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दूधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दूधजन्य खाद्यवस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।
तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीव्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्यजस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहीन पाइएको थियो ।
प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १७:४०