६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दसैं लगत्तै सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

१० कात्तिक, काठमाडौं । दसैं लगत्तै  नेपाली बजारमा सुनको मूल्यले पुनः  नयाँ रेकर्ड बनाएको छ । बडादसैँ अघिको अन्तिम कारोबार दिन  कात्तिक ३ गते शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो।  आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १२:४०