२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

युएन महासचिवका कारण ओलीको चियापान प्रभावित, यस्तो छ नयाँ कार्यतालिका

१० कार्तिक, काठमाडाैँ । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान प्रभावित भएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीका अनुसार ओलीको चियापान कार्यक्रम एक दिन पर सारिएको छ ।यस अघि कार्तिक १४ गतेका लागि आयोजना गरिएको ओलीको चियानपान कार्यक्रम अब कार्तिक १५ गते हुने अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन । गुटरेसको भ्रमण कार्यतालिकालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको अधिकारीले बताएका छन ।

यस्तो छ अधिकारीको वक्तव्य
९ कात्तिक, २०८०
वक्तव्य
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ । उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ ः १५ बजेबाट सुरु हुनेछ ।
डा.भीष्म अधिकारी
कार्यालय सचिव

प्रकाशित मिति : October 27, 2023 at 9:59 am