१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

९ कात्तिक, रूकुम पश्चिम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए ।

“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री दाहालले भने । उनले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गरे ।
प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउनुहुँदै काठमाडौँ पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १७:२८