१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

स्खलित भएकाहरुको हतियार नै भ्रम होः महासचिव पोखरेल

८ कार्तिक, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोबारेमा राजावादीहरूले भ्रम छरेको भन्दै महासचिव शंकर पोखरेलले चिन्ता व्यक्त गरेका छन । बुधबार बिहान सामाजिक सञ्जाल मार्फत टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले ओलीको बारेमा आरोप लगाउनु भनेको नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो भनेर बुझ्नुपर्ने बताएका छन ।

महासचिव पोखरेलले भनेका छन, ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ०८:३५