१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उत्कृष्ट विदेशी क्याडेटका रुपमा नेपाली सेनाका अफिसर बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

५ कार्तिक, काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन ।

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा बानियाँले सो ‘ गोल्ड मेडल’ प्राप्त  गरेका हुन । नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आईतवार १८:५९