१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको १ लाख १५ हजार नाघ्यो

३ कात्तिक, काठमाडाैं ।  नेपाली बजारमा शुक्रबार सुनले मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : October 20, 2023 at 11:22 am