आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२ कात्तिक, काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४.०५ अंकले घटेर १९०३.८४ बिन्दुमा झरेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा नबिल बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । कम्पनीको आज ५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको प्रमोटर सेयरको ५ करोड १५ लाख ३७ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ९० लाख ९० हजार रुपैयाँ, घलेम्दी हाइड्रोको २ करोड ८१ लाख ३ हजार रुपैयाँ र सानिमा जिआइसी इन्स्योरेन्सको २ करोड ५३ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १५:४३












