६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

२ कात्तिक, काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनले मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन बुधबार पनि सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १०:५३