८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

टी-२० सिरिजमा युएईमाथि नेपालको सहज जित

१ असाेज, काठमाडौं । नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालको जीतमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १६:५२