आज हाथवे इन्भेष्टमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
३० असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४ करोड ६२ लाख ६९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख ९० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २ करोड ९८ लाख १४ हजार रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख ६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २ करोड १६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १५:२१












