३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

निफ्राले कर्जा पुर्नतालिकीकरण गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

२९ असाेज, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो।

पुर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा पुर्नतालिकीकरण गर्न पाउने भएको छ ।

साथै, बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई पनि पुर्नतालिकीकरण गर्न पाइने छ । साथै, त्यस्तो कर्जा पुनरसंरचना पनि गर्न पाइने छ ।

यस्ता छन् सर्तहरु

१) यस्तो पुनरतालिकीकरण र/वा पुनर्संरचना २०८० पुस मसान्तभित्र गरिसक्नु पर्नेछ।

२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण र/वा पुनर्संरचना गर्न सकिनेछ।

उपर्युक्तबमोजिम पुनरतालिकीकरण र/वा पुनर्संरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

यसरी पुनरतालिकीकरण र/वा पुनर्संरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ।

प्रकाशित मिति : October 16, 2023 at 4:51 pm