११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२९ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा आज ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा प्रभु बैंक प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट लिमिटेडको ५ करोड २७ लाख २ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख २३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख २९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड ४३ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १५:२९