१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसलाई साथ दियौँ : अध्यक्ष ओली

२८ असाेज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई साथ दिएर सरकार बनाइएको बताएका छन् । प्युठानमा आयोजित एक कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन् ।

ओलीले केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको बताए । उनले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १८:२२