६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दशैँ सुरु भएसँगै सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२८ असोज, काठमाडौं । बडा दसैँको पहिलो दिन (घटस्थापनाको दिन)  सुनको मूल्य उच्च अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार ११:३५