१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

नेप्से कारोबार पूर्ण अनलाइनमा, लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता हट्यो

२० कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्जले मंगलबार (अाज)बाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली सञ्चालन ल्याएको छ । मंगलबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमा अनलाइन कारोबार प्रणालीको अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरे ।

अनलाइन प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाउनुपर्ने बाध्यता पूर्ण रूपमा हटेको छ । अब आम लगानीकर्ताले इण्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार ११:४८