११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा ६ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत

२६ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४५४.११ कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १२:३६