६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ११:०३