४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

के.पी. खतिवडाको शब्द रहेको ‘हजुर नै त हो’ सार्वजनिक


२५ असोज, काठमाडाैँ । राज सिग्देलको स्वर तथा संगीत र के.पी. खतिवडाको शब्द रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ । गीतको आइतबार राज सिग्देल मेलोडी यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् भने भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् । भिडियोको छायांकन पवन सुस्लिङले गरेका छन् भने श्रृंगार समुन्द्र भण्डारी र सम्पादन नबिन घर्ति मगरको रहेको छ । भिडियोको कोरियोग्राफर-निर्देशन मौसम हिमालीले गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १३:४६