६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२५ असोज, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ११:०७