६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बुधबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२४ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ११:२३