नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?
२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेमा मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २९७ रूपैयाँ २७ पैसा हुने गरी मूल्य समायोजन भएको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १६:०९












