सानिमा जिआइसी इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
२३ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो गिरावट आएको छ। बजार आज १९.०६ अकंले घटेर १८८९.५९ बिन्दुमा पुगेर बन्द भएको छ । आज ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड ४३ लाख ८८ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ३ करोड २ लाख ७२ हजार रुपैयाँ, शिवम् सिमेन्टको २ करोड ६३ लाख ४ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १५:२५












