९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित नवराज धामी पक्राउ

२३ असाेज, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए।

मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ। धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : October 10, 2023 at 2:39 pm