१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

काठमाडाैंकाे सुन्धारामा रहेकाे होटल श्री गुरुमा युवती मृत भेटिइन्

२३ असाेज, काठमाडाैं । काठमाडौंको सुन्धारास्थित होटलमा एकजना युवती मृत फेला परेकी छिन् ।​ केही दिनदेखि सुन्धाराको होटल श्री गुरुमा बस्दै आएकी इमाडोलकी भूमिका राउत मृत फेला परेकी हुन् ।

प्रेमीसँगै होटलमा बस्दै आएकी राउत सोमवार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार राउतका प्रेमी आइतवार बिहान होटलमा तिर्नका लागि पैसा लिन गएको र सोमवार बिहान आउँदा कोठा भित्रबाट चुक्कल लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।

प्रहरीका अनुसार उनको कोठाबाट विषको बोतलसमेत फेला परेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १४:२२